Techie IT
५ असार २०७८, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, भदौ २९

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमारौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचकर्मैया टोल बस्ने २० बर्षीय राजेस साह सोनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोनारले भदौ २२ गते ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको ईटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर दोभान गाउँपालिका-३ घर भएका २१ वर्षीय प्रतिक राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

राईले मंगलबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरी बस्ने २८ वर्षीय राजु तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले बुधबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्