Techie IT
५ असार २०७८, शनिबार

हापुर खोलाले गाडी बगायो


तुलसीपुर, भदौ २९
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्य बराबरको क्षति पुगेको छ । चितवनबाट आएको ना. ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ । त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पु-याएको छ । घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्