Techie IT
१० असार २०७८, बिहीबार

पहिराले पाँच घर पुर्यो, एक बेपत्ता


काठमाडौं, भदौ २९

अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिको पहिराले पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएको राससले जनाएको छ। परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिराले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीका घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्