Techie IT
१० असार २०७८, बिहीबार

आगलागी पीडितलाई आर्थिक सहयोग


काठमाडौं, भदौ २९

काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका छ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक लाख तीन हजार ५०० आर्थिक सहयोग गरेका हुन् ।

ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो ।

आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई जनही रु १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही रु ६ हजार ५०० प्रदान गरिएको हो ।

ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो । लामाले समेत रु २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले राससलाई जानकारी दिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्