नेपालमा थप ३६० जनामा कोरोना संक्रमण २१ हजार ७ सय ५० पुगे संक्रमित !

काठमाडौं,साउन २२
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप ३६० जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्