Techie IT
९ असार २०७८, बुधबार

भाडावाल सरोकार समाजको सरकारलाई ध्यानाकर्षण


काठमाडौँ, भदौ २८

कोरोना संक्रमणले ग्रस्त भएको पछिल्लो समयमा देशका विभिन्न ठाउँमा घरबेटीबाट भाडामा बस्ने भाडावालहरुप्रति भएका आर्कमण र हत्या जस्ता कृयाकलापप्रति भाडावाल सरोकार समाज नेपालले प्रशासनको ध्यानाकर्षण गराउदै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग रेको छ।२०७७ भदौ २८ गते आइतवार समाजले एक प्रेस विज्ञीप्ती प्रकाशीत गरी कोभिड -१९का कारण रोजगार,व्यावशायसमेत गुमाएर बसेका भाडावालहरुप्रति कति मनकारी घरबेटीहरुले तीन,चार महिनाको भाडासमेत छुट दिएको स्मरण गराउदै कति घरबेटीले तत्काल भाडा माग्दै नदिनेलाई आकर्मण र हत्यासमेत गरेकोले यसतर्फ प्रशासनको ध्यान केन्द्रित गराउदै यदी राज्यले यसतर्फ ध्यान नदिए बाध्य भएर भाडावालहरु संंघर्षको मैदानमा उत्रिन बाध्य हुने चेतावनी समाजले दिएको छ ।

समाजका अधयक्ष विष्णुजङ्ग बस्नेतको हस्ताक्षर रहेको उक्त प्रेस बिज्ञप्तीमा गतसाता मात्रै काठमाडौं बौद्दमा एक कार्की थरका नेपाल प्रहरीका सही घरबेटीले भाडा नदिएको निहुमा आफ्ना घरमा बस्नेलाई आकर्मण गरेका छन् भने किर्तीपरका प्रेमलाल मअर्जनले शम्भु चौधरीको  हत्यासमेत गरेको घटनाको समाजले सरकारलाई जानकारी गराएको छ ।।

त्यसेले सरकारको यसतर्फ ध्यान दिदै दोषीमाथि कारवाही गर्न ,अव आइन्दा यस्ता घट्ना नदोहोरिन र अव छिटो भन्दा छिटो बैज्ञानिक भाडादर कायम हुनु पर्नेमा समाजले माग गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्