Techie IT
१० असार २०७८, बिहीबार

विभिन्न कारणले मृत्यु


काठमाडौँ, भदौ २८

बाग्लुङको जैमिनी नगरपालिका-१ टुनिबोट बस्ने मणिभद्र पाध्याको घर आइतबार बिहान पहिरो आई पुरिँदाउनकी श्रीमती ६५ वर्षीया लक्ष्मीदेवी पाध्याको मृत्यु भएको छ । लक्ष्मीदेवी पहिरोमा परि घरभित्र पुरिएकोभन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुश्मीसेराबाट खटीएको प्रहरीले स्थानीयको सहयोगमा लक्ष्मीदेवीको शव फेला परेको हो । साथै मणीभद्र पाध्या र छोरी देवी पाध्यालाई सकुशल उद्धार गरिएको छ ।

यसैगरी मिनीनगरपालिका-५बिनामारेबस्नेनिलकण्ठपौडेलकोघर आइतबार बिहान पहिरो आई पुरिँदा उनको आमा ७५ वर्षीया जाल्पादेवी पौडेलको मृत्यु भएको छ । जाल्पादेवी पहिरोमा परि घरभित्र पुरिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।
गोरखा,भिमसेन गाउँपालिका-८ बोर्लाङबस्नेगोरे भन्ने ३३ वर्षीय उमेश परियार घरबाट ४ सय मिटर टाढा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबारदेखि सम्पर्क विहिन भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कैलालको,घोडाघोडी नगरपालिका(३स्थित बगुलिया तालमा सोही स्थान बस्ने ५० वर्षीय भोजडगौरा थारुआइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडेकाथारु फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ स्थित नाकुचेमा गएको पहिरोमा परेर सोही ठाउँ बस्ने ६२ वर्षीया भक्ति माया श्रेष्ठको मृत्यु भएको छ ।

पहिरो गएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा श्रेष्ठलाई मृत फेला पारेको हो । साथै उक्त पहिरोले ७ वटा घर बगाउँदा १६ जना बेपत्ता भएको बताइएको छ ।

यसैगरी सोही नगरपालिका-७ घुम्थाङ भिरखर्कमा समेत पहिरो गई २ घर बगाउँदा सोही ठाउँ बस्ने २३ वर्षीया जुनु बिकको मृत्यु भएको छ । उक्त पहिरोमा परेर ६ जना बेपत्ता भएको बताइएको छ ।

रुपन्देहीको देबदह नगरपालिका-१० स्थित सडकमा लु।२ ख ८९९ नम्बरको टिपरले ध.१ प ९७९५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक कपिलबस्तु नगरपालिका-४ तौलिहवा बस्ने प्रहरी जवान ३३ वर्षीय अमित श्रेष्ठको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सैनामैना नगरपालिका-४ घर भएकी प्रहरी जवान २३ वर्षीया सन्तोषी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय वाग्लुङमा कार्यरत दुवैजना विदामा घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रौतहटको गरुडा नगरपालिका-१ जयनगरस्थित सडकमा शनिबार दिउँसो हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने मोर्जे आलमकी ८ वर्षीया छोरी नजिया कुमारी खातुनको मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएकी नजियाको गरुडा अस्पताल गरुडा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ थुम्कीस्थित सडकमा शनिबार साँझ मे.१ त ६३०६ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा ज्याला काम गर्ने फाल्गुनन्द गाउँपालिका-६ ओसागु बस्ने ४० वर्षीय बल बहादुर कुरुङवाङको मृत्यु भएको छ ।
ट्याक्टरको ट्रलीबाट लडेर टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौंका गोकर्णेश्वमर नगरपालिका-६ नयाँबस्तीस्थित खाजा घर अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका-१ सानो धिरापुर बस्ने ७८ वर्षीय प्रभु खत्वेको शनिबार साँझ आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्