Techie IT
३० जेठ २०७८, आईतबार

कारागारका दुई सय ३१ कैदीलाई कोरोना


काठमाडौं, भदौ २८
मुलुकका विभिन्न कारागारमा दुई सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कुल आठ सयभन्दा बढीमा गरिएको परीक्षणमा उनीहरूको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये शनिबारसम्म ८६ जना निको भएर फर्किएको र एक सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीन जना कैद भुक्तानी गरेर गएका छन् ।

शनिबारसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिरहामा देखिएको छ । त्यहाँ एक सय १० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा एक सय आठ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।

कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वाेच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानुनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वाेच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । वि.सं. २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरू नबनेकाले कार्यान्वयन भएको छैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्