Techie IT
१२ माघ २०७८, बुधबार

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


काठमाडौं । कागेश्वमरी मनोहरा नगरपालिका-४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्