Techie IT
१५ माघ २०७८, शनिबार

कोरोना महामारी ठुलाे कि भोकमरी ?


काठमाडौं ।
विश्वभर फैलिएको अदृष्य दुस्मन कोरोना महामारीका कारण नेपाल जस्तो गरिब र बेरोजगारहरुले भरिएको मुलुकमा भोकमारीको खतरा पनि उत्तिकै बढ्दै गएको छ । कोरोना महामारीसँगै विश्वभर लकडाउनको लहर चल्दै गएको छ । चैत ११ गते देखि यो र त्यो नाममा नेपालमा पनि लकडाउन भएरहेको छ ।

६ महिना भन्दा लामो लकडाउनले नेपालमा निम्न वर्ग र मध्यम वर्ग दिनदिनै हातमुख जोड्ने समस्यामा पदै गएको छ । निम्न वर्ग सडकमा दाताले बाँडेको खानामा नै निर्भर रहनु पर्ने अवस्थामा पुगेको छ ।

भने मध्यम वर्ग सडकको लाइनमा उभिन जान पनि नसक्ने र आफैँ छाक टार्न सक्ने हैसियत दिनदिनै गुमाउँदै गएकाले झन ठुलो समस्यामा परेको छ । यही समस्याका वीच कोरोना महामारी ठूलो कि भोकमारी ठूलो भन्ने विषयमा जनस्तरमा वहस हुन थालेको छ तर सरकार चाहि जनताको यो चासो र चिन्ता प्रति लगभग वेवास्ता गदै आएको छ र संसारभरको समस्या भन्दै उम्किने प्रयास गदै आएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्