Techie IT
१० असार २०७८, बिहीबार

नेपालमा थप १२०२ जनामा कोरोना संक्रमण, ५३ हजार १२० पुगे संक्रमित !


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप १२०२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ८५२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्