Techie IT
१३ असोज २०७९, बिहीबार

दिउँसो पसल खोल्दा कोरोना लाग्ने र बिहान खोल्दा नलाग्ने हो र?


काठमाडौं ।
कोरोना विश्वभरीनै मानवजाति अस्तित्वमाथिनै संकट पैदा गरेको छ । त्यसबाट जोगिन सोसियल डिस्टेन्सीङ,मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग,साबुनपानीले हात धुने,लकडाउन जस्ता उपाय अबलम्वन गरिएको छ । त्यसमा पनि लकडाउनले जनतालाई तनाव ग्रस्त बनाएको छ ।

अरु उपाय सामान्य रुपमा अवलम्वन गरेपनि जनतालाई लकडाउनको व्यवस्थालेनै सबैभन्दा बढि तनाव दिएको हो । लकडाउनका कारण विश्वभरको कामधन्दा र अर्थ व्यवस्था लथलिंग भएको छ । यसले गर्दा मध्यमवर्ग र निम्नवर्गलाई साँझ विहान हातमुख जोड्न धौधौ हुँदै गएको छ । कोरोनाबाट कसरी जोगिने भन्ने समस्या छदै छ, सधैको लकडाउनले कामभन्दा नहँदा हातमुख जोड्ने समस्या पदै गएको हो ।

यो एउटा देशको वा एउटा वर्गको मात्र समस्या होइन,यो विश्वव्यापी समस्या हो, समग्र मानव सभ्यताको समस्या हो । यसलाई व्यवस्गित गर्न विश्व स्वास्थ्य संगठनले निश्चित रुपमा मागदर्शन गरेको छ र त्यही कारण मृतकको संख्या वढ्न पाएको छैन । तर अझै पनि यसको औषधि पत्ता नलागेकोले कुनै पनि वेला अकल्पनीय अवस्था आउन सक्ने समस्या यथावट रहेको छ ।

अहिलेको यो विकराल अवस्थाको बारेमा सरकारले जनतालाई ठोस रुपमा बुझाउन सकिरहेको छैन , त्यही कारण सरकार कहिले निषेधाज्ञा जारी गरेर जनतालाई घरबाट बाहिर निस्कन रोकिरहेको छ । यति गरेर मात्र जनतालाई घरबाट बाहिर निस्कन रोक्न नसकेर शुक्रबार पसल खोल्न नहुने,शनिबार पसल खोल्न पाइने,विहान वेलुका पसल खोल्न पाइने तर दिउँसो पसल खोल्न नपाइने जस्ता व्यवस्था गरेर जनतालार्य भुलाउने प्रयास गरिरहेको छ ।

विहान खोल्दा कोरोना नलाग्ने वा दिउँसो पसल खोल्दा कोरोना लाग्ने हो र रु पक्कै होइन । शुक्रबार पसल खोल्दा कोरोना लाग्ने र शनिवार पसल खोल्दा कोरोना नलाग्ने हो र रु साताभरि नै पसल खोल्दा कोरोना लाग्ने र हप्तामा ३ दिनमात्र खोल्दा कोरोना नलाग्ने पनि होइन होला ।

तर कुरो के हो भनेर सरकारले जनतालाई बुझाउन सकिरहेको छैन । जनतालाई बुझाउन भन्दा पनि सरकार ओठे जवाफ दिएर पन्छिदै जिम्मेवारीबाट भाग्दै आएको छ । लकडाउनको स्वरुपलाई अलि नयाँ रुप दिदै जनतालाई थोपदै आएको छ । यसरी सरकारले जनतालाई कन्भीन्स नगरी निर्णय लाद्दै गएमा सरकारी निर्णयको विरुद्ध जनविद्रोह हुनसक्छ । त्यस्तो हुन नदिन सरकारले बेलैमा बुध्दी पुयाओस् । जनतालाई समस्याको चुरो बुझाओस ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्