Techie IT
९ असार २०७८, बुधबार

नेकपाको जारी स्थायी कमिटी बैठक सकियो, प्रचण्ड कार्यकारी अध्यक्ष, एमसिसी परिमार्जन गर्दै अनुमोदन गर्ने


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर एमसिसी पारित गर्ने निर्णय गरेको गरेको छ।

उक्त बैठकमा नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्