Techie IT
३० जेठ २०७८, आईतबार

नेपालमा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ५१ हजार ९१९ पुगे संक्रमित !


काठमाडौं
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप १ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय जनाको पिसिआर परीक्षण भएको छ। अहिले नेपालमा १४,९२१ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,६३४ घरमै छन् भने बाँकी ८,२९१ संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।क्वारन्टीनमा ५,०७८ जना रहेका छन्। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३२२ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्