Techie IT
५ असार २०७८, शनिबार

प्रधानमन्त्रीद्वारा भद्रकलीको निधनप्रति दुःख व्यक्त


काठमाडौं, भदौ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन् । राससका अनुसार प्रधानमन्त्री ओलीले मातृवियोगबाट मर्माहत परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्नेसमेत कामना गरेका छन् । बाग्लुङ निवासी भद्रकलीका एक छोरी र दुई छोरा छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्