Techie IT
३० जेठ २०७८, आईतबार

रोग भन्दा ठूलो भोक – पाँचलाख आए पाँचलाख जाँदै


कोरोनाको महामारीले भोकको महामारीलाई उछिन्न सकेन । नोपलका लागि यो सबै भन्दा देखको वियषमा परिणत भएको छ अहिले । त्यसको प्रत्यक्ष दृश्य देखिने ठाउँ हो नेपाल भारत सीमा नाकाहरु जहाँ यता देशमा दशै प्रवेश गर्दै छर उता विदेशिनेहरुको ताँती लाग्ने गरको छ । यो ताँति पनि कस्तो भने जस्तो पहिलो अर्थात नेपालमा लकडाउनको घोषणा हुँदै थियो र मान्छेहरु भारतका शहरबाट हजारौंको संख्या आइरहेका थिए ।

आउदा उनीहरुलाई रोगको डर थियो । त्यस बेला भारतमा रोग व्यापक भएको र नेपालमा फाटफुटमात्र थियो । अहिले पनि नोपलमा भारतको तुलमा कमै छ तर आएजति मान्छेहरु सबै फर्किन थाले । उनीहरु उता फर्किरहदा भारतमा कोरोना खपिनसक्नुको अवस्थामा छ । भारतमा अहिले कोरोना भाइरसका कारण प्रत्येक दिन एक हजारभन्दा माथिको सङ्ख्यामा मानिसको मृत्यु भइरहेको छ । दिनहुँ ७० हजारभन्दा माथि एकलाख सम्मको हाराहारुमिा सङ्क्रमित भेटिइरहेको देश हो भारत ।

संक्रमण विस्तारमा विश्वको पहिलो बन्दैछ । त्यो भन्दा आफ्नो देश नेपाल अहिलेसम्म सुरक्षित छ । तर, तर मान्छेहर किनै त्यो असुरिक्षत ठाउँ तर्फ होमिइ रहेका छन ? उत्तर हुन्छ सुरक्षा भन्दा भोक ठुलो रहेछ । यतिबेला हरेक माध्यममा यस्तै टिप्पणी आउन थालेका छन हरेकका कलमा बाट । आफ्नो देशमा, गाउँ–ठाउँमा गरी खाने कुनै उपाय नभएपछि फेरि उनीहरू जुन बाटो आएका थिए त्यही बाटो फर्किइरहेका दृश्यहरु त्यसकाारण पनि सामान्य लाग्न थाल्यो ।

प्रत्येक दिनजस्तो ठुलो संख्यामा सुदूरपश्चिम सीमाबाट नेपालीहरू मजदुरीका लागि भारततर्फ गइरहेका दृश्यहरु हहेरेर पनि सरकार केही गरिरहेको छैन । ती जानेहरू सबैको एउटै आवाज छ– आफ्नो देशमा गरी खाने ठाउँ भए हामी भारत जाने थिएनौँ । तर घरमा छाक टार्नै नसक्ने भएपछि बाध्यताले जानु परेको हो ।

यतिबेलादेशमा नेपालीको सबै भन्दा ठूलो चाडपर्व सुरुभएको छ दशैतिहारको । यो पर्वमा मानिसहरु विदेशबाट नेपाल आउछन विगतका उदाहरण हुन यी । तर यो पटक उल्टो भयो । घर आएका मान्छे विदेशिन वाध्यभए यो दशै तिहारकै मुखमा । अव आफ्नोदेशमा बसेर गुजारा चल्ने नदेखिए पछि त्योदेशमा रोग फैलिएकोछ भनेर केही दिनर्पिखन आवश्यक ठानेनन । चार महिनाको लकडाउन झेलेर ती नेपालीहरु पेटका लागि नै त्यता लागका हुन भन्ने सरकारलाई पनि जानकारी होला तर विकलप सोचेको पाइएन ।

अहिले उता फर्कनेहरु कोभिड संक्रमण फैलिन थालेपछि भारतका विभिन्न सहरबाट कैयौँ दिन लगाएर सीमानाका पुगेका पश्चिम नेपालका श्रमिकहरु हुन । तिने नागरिक महामारी उत्कर्षतर्फ अघि बढिरहेकै वेला भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने कोसिसमा देसखउ तिनीहरु उनीहरुलाई कोभिड भारत कोभिड हटस्पट होभन्ने थाहा छ तर तयता छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमानामा लामवद्ध भएको छ । उता छिर्नपनि सजिलो छैन ।

कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका समाचारहरु आयरहेकाछन । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन । घरफर्किउ, गर्नेकुराकेही छैन र खाने वस्तु पनि । त्यसको साटो बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन । स्थानीयतह बाट रिपोर्ट भए अनुसार कोही तीन दिन भयो, कसैको चार दिन । उता जाने हिम्मत हारेका छैनन ।

स्थानीय सम्वाददाताले तीमध्येके कतिपयलाई पत्यक्ष भेटेका थिए । नेपालगन्जको जमुनाहा नाकामा भेटिएका दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका थिए । उनका अनुासर ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।

यो कुनै एकजनाको मात्र कुरा होइन । करिव लाख लाखकै सख्याले यही बोलिरहेको छ अहिले । ‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्यो भन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनाौं’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीकोभनाइ हो यो । रोगले ज्यान लिन्छ भन्ने पनि थाह छ तर त्यो भन्दा ठूलो बेरोजगारी भयो भोक ।

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन । त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ ।

‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने ।

ज्यानको माया लाग्दैन ? सिमानातर्फ लागिरहेका यी युवालाई जोसुकैले सोध्ने प्रश्न यही हो । ‘आफ्नो ज्यानको माया त लाग्छ नि, तर साहुले माया गर्दैन,’ दैलेखबाट झरेका नन्दबहादुर खड्काको सोझो जवाफ छ । उनी भन्छन्, ‘यत्रो ६ महिना ऋण गरेर त खर्च चलाइयो, तर अब पैसा पाउन छाडियो, उल्टै साहुले पैसा माग्न र थर्काउन थाले । गाउँमा के मुख देखाएर बसिरहनु ?’

दैलेख दुल्लुका सुकदन परियार लकडाउनकै कारण मातृभूमि खोज्दै नेपाल आएका हुन् । भारतमा रोजगारी गुमेको थियो, कहिले टेम्पोमा, कहिले ट्र्याक्टरमा चढेर त कहिले हिँडेर सात दिनपछि उनी जमुनाहा नाका आइपुगेका थिए । नेपाल छिर्दा उनी जति खुसी थिए, अहिले भारत छिर्न पाइँदैन कि भनेर उनी त्योभन्दा बढी चिन्तित छन् । पाँच महिना गाउँ बसेपछि उनको टिप्पणी छ, ‘नेपाल सरकार आफैँ यति बेहाल छ भन्ने अनुमान थिएन ।’ चार दिनदेखि नाकामा रोकिएका उनी भन्छन्, ‘म त जति दिन लागे पनि भारत छिर्छु, तर मजस्ता अरू युवालाई सरकारले दुःख नदेओस् ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँबाट निस्किएका नेपाली बाँकेको जमुनाहा, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा जम्मा हुने क्रम जारी छ । कैलाली घोडाघोडी नगरपालिका–६ का गोरखबहादुर रोकाया त्रिगनर नाका पुगेका छन् । दसैँ–तिहारको मुखमा बिदेसिन थालेका उनले भने, ‘अघिपछि यो वेला गाउँ आउने गथ्र्यौँ, तर यसपालि दसैँ–तिहारको अर्थ छैन । घरमा खर्च भए पो चाडपर्व हुन्छ ।’

त्रिनगरमा घोडाघोडीकै शेरबहादुर मगरलाई चाडपर्वप्रति कुनै आकर्षण मात्र होइन, रोगप्रति डर पनि हराएको छ । ‘रोग त कहिले–कहिले, भोकले आजभोलि नै मरिन्छ जस्तो भयो,’ उनले यति भनिरहँदा श्रीमतीको काखमा भएको बच्चा रोइरहेको थियो । बच्चालाई फकाइफुल्याई गरेपछि श्रीमती धना बोल्न अघि सरिन्, ‘चाडपर्वका वेला मात्र हो र ? अघिपछि पनि आफ्नो देश छाडेर जान कसलाई माया लाग्छ र ?’

आफ्नो देश, आफ्नो परिवार कति प्यारो हुन्छ भनेर यी नेपालीलाई जति कसलाई थाहा होला र ? ‘देश र परिवार भनेर त ज्यान हत्केलामा राखेर आइयो, गाउँ आएपछि पनि २८ दिन क्वारेन्टाइनमा बसियो । तर, पाँच महिनामा लकडाउन पालना गर्नेबाहेक केही गर्न सकिएन, त्यसैले निराश भएर भारत फर्कंदै छु,’ कैलाली टीकापुरका नरेश परियारले भने ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका नरेन्द्र थापा को भनाइ झनै मार्मिक छ ‘नागरिकता देखाएर आउन दिएका थिए, उता जानका लागि आधार कार्ड छ । साह्रै दुःख भयो, पारि जान पाए आनन्द हुन्थ्यो ।’

असहाय नेपालीका लागि राज्यकहाँ छ भन्ने यो ‘पारि जान पाए आनन्द हुन्थ्यो’ भन्ने भनाइ चानचुने नहोला । तथ्यांक अनुसार पछिल्लो समय दैनिक औसत एक देखि दुई हजार नेपाली भारत गइरहेका छन । पछिल्लो समयमा ५० हजार नेपाली भारत गएको प्रहरीको भनाई छ । यो सख्या बढेर केही दिनमा चारपाँचलाख नै पुग्ने अनुमान छ ।

पहिले पनि पाँचलाख को सख्या आएका थिए । त्यतिबेला उनीहरुका भनाइहुन्थे अव नेपालमै बसिन्छ । फर्किएर भारत गइदैन । उनीहरु नेपाल आइसकेपछि नै सरकारले नीति र कार्यक्रम ल्याएको थियो । बजेटपनि त्यसपछिनै आएको हो । तर तीसबेलदे आफना नागरिकलाई आफनो देशमा थाम्न सकेन । त्यसैकारण पाँचलाख आए पाँचैलाख जाने भए । सरकारले भनेको रोजगारको कार्यक्रम सीमलको भूवाभन्दापनि हलुका रहेछ,आफै उडेर गयो र आकासमा विलायो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्