Techie IT
१२ असार २०७९, आईतबार

ग्रान्डीसिटी हस्पिटललाई अनुसन्धान गरी कारवाही गर्न माग


काठमाडौं,भदौ  २६

अनुमतिविना सञ्चालित ग्रान्डीसिटी हस्पिटललाई अनुसन्धान गरेर कारवाही गर्न माग गरिएको छ ।
काठमाडौंको कान्तिपथमा विगत केही वर्षदेखि संचालनमा आएको उक्त हस्पिटल विना अनुमति संचालनमा रहेको जानकारी दिदै घरमालिक तथा प्रसिद्ध उधोगपति घराना ज्योती समुहका अध्यक्ष पद्दम ज्योतीले एक सूचना प्रकासित गरी उक्त रहस्यको पर्दाभास गर्दै जिल्ला प्रशासन र स्वाथ्य मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् ।

आफूविरुद्ध आएको समाचारप्रति ध्यानाकर्षण गराउदै उनले आफ्ना भाई डा. रुप जयोती र मिला सायमीले विना अनुमति आफ्नो कान्तिपथस्थित घरको केही भागमा सञ्चालन गर्दै आएको ग्रान्डीसिटी हस्पिटल विना दर्ता र विना घर वहाल सम्झौता संचालन गर्दै आइरहेको बताउलै पद्दम ज्योतलिे घर भाडा उठाउन बेलाबेलामा तोकेता गरे पनि अहिले समम नदिएपछि उक्त कुराको रहसय वाहिर सार्वजनिक गरेका हुन् ।

उनले आफू र आफ्ना छोराहरु गत २०७७ साउन २५ गते जिल्ला प्रशासन कार्यालय,स्वास्थ्य सेवा विभाग रस्वास्थ्य मन्त्रालयमा समेत लिखित रुपमा निवेदन दिएको र अहिले सम्म उक्त हस्पिटल कहीं कुनै निकायमा दर्ता र अनुमति नलिइकन संचालन गरेको पाइएको जाहेर गर्दासमेत अहिलेसम्म सम्बन्धित निकायले कुनै कारवाही अगाडी नबढाएकोप्रति धयानाकर्षण गराउदै अनुसन्धान गरेर थप कारवाही अगाडी बढाउन माग गरेका छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्