Techie IT
८ असार २०७८, मंगलबार

विभिन्न मजदुर संगठनद्धारा माइतिघरमा विरोध प्रदर्शन


काठमाडौं, भदौ २५

कोभिड-१९ को आतंकका साथै राज्यद्धारा जारी लकडाउन र निषेधाज्ञाले मजदुर वर्गमा आइपरेका समस्यामा राज्य मौन रहेर बसेकोमा त्यसको विरोधस्वरुप विभिन्न मजदुर संघ संगठनहरुले आज भदौ २५ गते काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

दिनको १ बजेर ५ मिनटमा शुरु भएको सो विरोध प्रदर्शनमा विभिन्न पार्टीहरुका भातृ संगठनकोरुपमा रहेका मजदुर संगठनहरु रहेका थिए । साँझ ७ बजेसम्म विरोध कार्यक्रम गर्ने भनिएको सो प्रदर्शनमा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ,जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ,नेकपा(माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोन्ट), माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ,रहेका छन् ।

यसैगरी नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन,नेकपा निकट अखिल नेपाल ट्रेड युनियन,७।स्वतन्त्र ट्रेड युनियन महासंघ को संयुक्त आयोजनामा कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउनरनिषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती गरेको बताउदै त्यसको समाधान राजयले खोज्नु पर्नेमा जोड दिने बताएका छन् ।

राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपुर्ब संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा विरोध कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिम्सिना महासचिव बसन्त बोगटी जनता समाज बादी निमट समाजबादी ट्रेड युनियनका अध्यक्ष लालध्वज नेम्वाङ लगायतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

श्रमिक बर्गलाई लक्षित गरि अन्तर्राष्ट्रिय हवाई उडान बृद्वि गर ।
मजदुरको रोजगारी र सेवा सुबिधा कटौती बन्द गर ।
मदुर बिरोधि सम्झौता खारेज गर ।
मजदुरको घर भाडा निसुल्क गर ।
सम्पूर्ण मजदुर हरू एक हौ ।
मजदुरलाई तत्काल नगद राहतको व्यवस्था गर ।

भन्ने ल्पेकार्ड र व्यानर वोकेर माइतिघर मण्डलाको वरिपरी घुमेर अहिले कोणसभामा परिणत भएको आयोजकले जानकारी दिएको छ । अहिले संभ्रान्त वर्गलाई भन्दा पनि काम गरेर खाने वर्गहरु रोगले भन्दा पनि भोकले मर्नुपर्ने बाधयता आइपरेको छ । यसतर्फ बेलैमा सरकारले धयान पु-याउनु पर्छ र मजदुरहरुका जायज माग सम्बोधन गरिनु पर्ने आवाज यी मजदुर संगठनहरुले उठाइरहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्