Techie IT
१२ माघ २०७८, बुधबार

५० हजार नाघे कोरोना संक्रमित : थप १२४६ जनामा संक्रमण


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप १२४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ८१८जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सँगै हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ । विगत २४ घण्टामा ११ हजार १४४ जनाको पिसिआर परीक्षण भएको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३१७ पुगेको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्