मृत अवस्थामा फेला

काठमाडौं, भदौ २५
ललितपुरको महालक्ष्मी नगरपालिका-९ सिस्नेरीस्थित जस्ताको टहरामा भारत घर भएका ५५ वर्षीय बलुदेव बंगाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ टिकुलीगढस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका-९ ज्ञादीस्थित बाँसघारीको खोंचमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका-१० स्कुलचोक बस्ने ४० वर्षीय रामजी स्याङतानको दुई तल्ले घरको बारदलीबाट लडेर बुधबार राति मृत्यु भएको छ ।
रातको समयमा बाहिर निस्केको अवस्थामा लडेर अचेत अवस्थामा फेला परेका स्याङ्तानको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्