Techie IT
३० जेठ २०७८, आईतबार

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधन नियन्त्रणमा


काठमाडौं, भदौ २५

नुवाकोटको बेलकोट गढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्