Techie IT
१७ असार २०७९, शुक्रबार

धितोपत्र बोर्डद्वारा सामूहिक लगानी कोषको संशोधित नियमावली लागू


काठमाडौं
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको संशोधित नियमावली लागू गरेको छ । बोर्डका अनुसार बुधबारदेखि अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ लागू गरिएको हो ।

संशोधित कार्यविधिअनुसार योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । विद्यमान व्यवस्थाले इकाइ धनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । यसैगरी यो नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार यसअघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । यो व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरुको हित हुने अपेक्षा समेत गरेको बोर्डले जानाकरी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार