Techie IT
१९ असार २०७९, आईतबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, के–के खुल्ने ? (प्रशासनको पत्रसहित)


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएको छ।

बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो।

यसअघिको निर्णयले बुधबार राति १२ बजेसम्म निषेधाज्ञा रहने थियो।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने भएको हो। उपत्यकामा यातायात जोरविजोर प्रणाली लागू गरिएको छ। त्यस्तै आवश्यक सुरक्षा मापदण्ड अपनाएर व्यवसाय पनि सञ्चालन गर्न दिने भएको छ।

यस्तो छ जिल्ला प्रशासनको निर्णय ः


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्