करेन्ट लागेर मृत्यु

काठमाडौं भदौ २४
बारा,को आदर्शकोतवाल गाउँपालिका-१ गोवाटोल बस्ने ५० वर्षीय झलिया पासवानको करेन्ट लागेर बुधबर दिउँसो मृत्यु भएको छ । धान खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्