Techie IT
५ असार २०७८, शनिबार

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ


काठमाडौं भदौ २४

काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सेफेदीस्थित जंगलमा करिब २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय अनिल तामाङ लगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेका ४५ वर्षीय ज्ञानेन्द्र प्रसाद खतिवडालाई ४ जनाको समुहले कुटपिट गर्नुका साथै साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्