Techie IT
४ माघ २०७८, मंगलबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं भदौ २४

सुनसरीको कोशी गाउँपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ६ सय १६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र २२ एम्पुल डाइजेपाम सहित सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय ईक्राबुल मन्सुरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका-२ मजुवाडाँडास्थित सडकबाट ५ किलो अवैध लागूऔषध गाँजा सहित खोटाङ झाल्टाङ गाउँपालिका-७ बस्ने सुमन कार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले प्र-०२-०११ प ४३५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार कार्कीलाई पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्