Techie IT
९ असार २०७८, बुधबार

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं भदौ २४

लागूऔषध मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका-५ सोनाभार टोल बस्ने सनी भनिने २२ वर्षीय गौरी शंकर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कोल्हवी नगरपालिका-९ श्रीपुरस्थित सडकमा भदौ १५ गते बिहान सवारी साधन जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीलाई देख्नासाथ प्रदेश नं। ३-०१-०२२ च ८१३४ नम्बरको कार चालकले उक्त कार छाडी भागे पश्चात कार जाँच गर्ने क्रममा १ सय ६५ किलो अवैध लागूऔषध गाँजा फेला परेको थियो ।

अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्