Techie IT
२१ असोज २०७९, शुक्रबार

काठमाडौं उपत्यकामा बुधबार थप ४६४ जनामा कोरोना संक्रमण !


काठमाडौं,२४ भदौ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप १०८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यीसहित हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। सो अबधिमा ९१८ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यो सँगै ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्