Techie IT
५ असार २०७८, शनिबार

निजगढको रुख गणना मंसिरसम्ममा गरिसक्ने


काठमाडौं, भदौ २४
राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमान स्थलको निर्माण क्षेत्रमा पर्ने रुख तथा पोलहरुको लगत नम्बरिङको कार्य मंसिरसम्ममा सकिने बताइएको छ । हालसम्म सो क्षेत्रका ५७ हजार तीन सय ५० रुख गणना कार्य सकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर्निकाय समन्वय, सहजीकरण समितिको बैठकमा उक्त जानकारी दिइएको हो ।

बैठकमा आउदो मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ । उक्त कार्य गर्नको लागि आवश्यक पर्ने जनशक्ति पनि थप गर्ने बताइएको छ । साथै सो क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तीव्रता लिएको बताइएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गर्नुका साथै उक्त समितिको सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन, विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्यहरु आगामी हप्ता दिनभित्र सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्