त्रिपुरेश्वरमा लायन्सको रक्तदान कार्यक्रम

काठमाडौं, भदौ २४
लायन्स क्लब अफ तोकेश्वर परिवारको आबद्धमा लाइन्स क्लब अफ काठमाडौं सुप्रण तथा बन्सीघाट टोल सुधार समितिको संयुक्त आयोजनामा त्रिपुरेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । रक्तदान कार्यबाट ३५ प्रिन्ट ब्लड संकलन भएको लाइन्स क्लब अफ काठमाडौँ सुप्रणकी प्रेसिडेन्ट निर्मला महर्जन (निकी)ले बताइन् । रक्तदान कार्य प्रदेश नम्बर–३ (तीन)का सांसद दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष हिरालाल तन्दुकार, वडा सदस्य आशा श्रेष्ठ,सरोज कु. मुलामी र सम्पूर्ण डाइनामिक लायन अग्रजहरू तथा जोनचेयरपर्सनलगायतको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्