Techie IT
९ असार २०७८, बुधबार

लुक्ला विमानस्थलमा पाँच दिनदेखि कार्गो ढुवानी अवरुद्ध


सोलुखुम्बु, भदौ २४
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा पाँच दिनदेखि उडान प्रभावित भएको छ । निरन्तर रुपमा परिरहेको पानी तथा हुस्सुका कारण खुम्बु क्षेत्रको मौसम खराबी भएकाले उडान प्रभावित बनेको हो । केही दिन अघिसम्म बिहान १० बजेसम्म मौसम खुल्ने भए पनि अहिले दिनभरि नै मौसम धुम्म हुने गरेको बताइएको छ ।

निरन्तरको वर्षा र हुस्सुले उडान हुन नसकेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । मौसम प्रतिकूलताका कारण खुम्बु क्षेत्रमा हुँदै आएको कार्गो ढुवानी हुन नसकेको दाहालको भनाइ छ । अघिल्लो वर्षहरुमा दैनिक कम्तीमा ६० वटासम्म उडान हुने यो विमानस्थलमा अहिले भने दैनिक ४–५ वटा कार्गो ढुवानी मात्र हुने गरेको छ ।

अघिल्ला वर्षहरुमा दैनिक करिब एक हजारको हाराहारीमा आउने यात्रु अहिले शून्य रहेका छन । अहिले लुक्ला विमानस्थमा रामेछापको मन्थली र जिल्लाको फाप्लु विमानस्थलबाट कार्गो ढुवानी हुने गरेको छ । दैनिक रुपमा पाँच/छ वटा विमानले कार्गो ढुवानी गर्ने गरेका थिए । त्यो पनि रोकिएको दाहालको भनाइ छ ।

यसैगरी कोरोनाको प्रभावले खुम्बु क्षेत्रका होटल पसलहरु पनि अहिले सुनसान रहेको व्यापारीको भनाइ छ । यो वर्षको मुख्य सिजनमा समेत खुम्बु क्षेत्र सुनसान हुनपुगेको हो । लुक्लामा यो वर्ष व्यापार शून्य रहेको स्थानीय खगिन्द्रराज बास्तोलाले बताए । गाउँपालिकाको राजस्वमा समेत गिरावट आउने देखिएको छ । गाउँपालिकाले पनि पर्यटकबाट शुल्क लिने गरेको थियो । साथै समग्र देशलाई पनि राजस्व संकलनमा धक्का पुग्ने देखिएको छ । खुम्बु क्षेत्रको भ्रमण गर्ने तथा सगरमाथालगायत हिमाल आरोहणका लागि सरकाले राजस्व संकलन गर्ने गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्