Techie IT
१२ असार २०७९, आईतबार

बीपी जन्मजयन्तीको अबसरमा नेविसंघ त्रिवि समितिद्धारा किर्तिपुर प्रहरी बृतलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान


काठमाडौं,भदौ २४।

जन नायक बीपी कोइरालाको १०७ औ जन्मोत्सबको अबसरमा नेवि संघ त्रिभुवन विश्वविधालय समितिले किर्तिपुर प्रहरी बृतमा रहेका प्रहरीहरुलाई एक कार्यक्रम माझ स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

नेवि संघ त्रिभुवन विश्वविधालय समिति उपाअध्यक्ष रोहन महत्तराको बिशेष पहलमा त्रिभुवन विश्वविधालय समितिका अध्यक्ष हरी आचार्यको उपस्थितिमा त्रिभुवन बिश्वविधालय समितिले सबैभन्दा बढी ग्रसित प्रहरीहरु रहेको भन्दै किर्तिपुर प्रहरी बृतमा रहेका प्रहरीहरुलाई जनताको सुरक्षामा थप खटिन उत्त्प्रेरित गर्न माक्स,सेनिटाईजन,ग्लोब्स लगाएतका सुरक्षा सामग्री बितरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बिश्वविधालयका पुर्व स्वबियु सभापति भिम सिरिजको हातबाट बिश्वविधालय परिसरमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस नेता, पुर्व स्वबियु सभापति भिम सिरिजले नेपाल यहाँसम्म आईपुग्नमा बीपी कोईरालाको ठूलो देन रहेको भन्दै सबैले बिपि मार्गामा हिड्नुपर्ने बताए ।

नेविसघ त्रिभुवन विश्वविधालय समितिका अध्यक्ष हरि आचार्यले बीपीको बाटो भनेकै समाज सेवाको बाटो रहेको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा खटिन अपिल गरेका छन । नेविसघ त्रिभुवन बिश्वविधालय समिति सचीव योगेन्द्र रावलले कांग्रेस नेताहरूले बीपीको नेपाल रुपान्तरणको मार्ग छोडेकोले कांग्रेस यो अवस्थामा आईपुगेको भन्दै नेपाली कांग्रेसलाई यो जन्जिर बाट बाहिर निकास्नु पर्ने दायित्व बिश्वविधालयका विद्यार्थीको काधमा रहेको बताए ।

कार्यक्रममा नेविसंघ पुर्व कोषाध्यक्ष शिव रिमाल,नेता श्याम चन्द्र अधिकारी,रोशन राना,समीर थापा लगाएत नेताहरुको सहभागिता रहेको नेविसंघ त्रिभुवन बिश्वविधालय समिति उपाध्यक्ष एवम् प्रभावशाली नेता रोहन महत्तराले जानकारी दिएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्