Techie IT
१९ मंसीर २०७८, आईतबार

नेपालमा थप ६७२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


काठमाडौं । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप ६७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्