Techie IT
४ माघ २०७८, मंगलबार

कोरोनाले मृत्यु


काठमाडौं,२३ भदौ ।
कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणका कारण आज पोखरामा एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिलाको दिउँसो मृत्यु भएको हो । यो अस्पतालमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेमा ती महिला नवौं व्यक्ति रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ ।रासस


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्