Techie IT
१० असार २०७८, बिहीबार

विभिन्न कारणले मृत्यु


काठमाढौं, भदौ २३

सिरहाको मिर्चैया नगरपालिका-६ बस्ने ३६ वर्षीया रीना देवी पूर्वे आफ्नो घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
झापाको मेचीनगर नगरपालिका-८ बस्ने ६० बर्षीया कर्मी उराउ सोही नगरपालिका-५ घोडाजिङस्थित चिया बगानमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
तनहुँको ब्यास नगरपालिका-१० खहरेस्थित जंगलको गोरेटो बाटोमा सोही ठाउँ बस्ने ५० वर्षीय शान्ति माया सुनार मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै गरेर बाजुराको बुढीनन्दा नगरपालिका-३ नुरी बस्ने २९ वर्षीय जगत रोकायाको ढुङगा खसेर लाग्दा मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित धुँपागाड खोलामा कोल्टी खानेपानीको पाईप लाईन मर्मत गर्ने क्रममा भीरबाट ढुङ्गा खसेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै बाराको करैयामाई गाउँपालिका-३ गालोपटी बस्ने राजेश राउतको छोरा २ वर्षीय गणेश राउतको खेल्ने क्रममा आफ्नै घरदेखि २० मिटर टाढा पानीको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्