मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

काठमाढौं, भदौ २३
मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-२ बस्ने १९ वर्षीय सन्देश बिक समेत अन्य २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली टीकापुर नगरपालिका-४ मौरनियास्थित सोही ठाउँ बस्ने बलिराम थारुको मोबाइल ग्यालरीबाट भदौ ११ गते राति मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न रहेका उनीहरुलाई सोही ठाउँ बन्दिपुरस्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ थान विभिन्न कम्पनीका मोबाइल र चोरी गर्न प्रयोग हुने औजारहरु बरामद भएको छ । उनीहरु उपर चोरी मुद्धामा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्