Techie IT
८ असार २०७८, मंगलबार

कांग्रेस महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण


काठमाडौं,भदौं २३।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिवलयले छ ।

का‌ंग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थालेका थिए । उनी दैनिक दर्जनौं नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्थे । उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको उनी निकट स्रोतले बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्