भन्सार छलीका सामान बरामद

काठमाढौं, भदौ २३
कैलालीको टीकापुर नगरपालिका-८ कालीमाटीबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको अनटेष्ट लेखेको मोटरसाइकलमा लुकाई छिपाई राखेको करिब ३० हजार ५ सय रुपैयाँ मूल्य बराबरको ६१ थान रेडिमेट सर्ट((कमिज) सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरीले उक्त सामान बरामद गरेको हो ।बरामद सामान सहित मोटरसाइकल आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्