Techie IT
१० असार २०७८, बिहीबार

नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण, ४८ हजार १३८ पुगे संक्रमित !


काठमाडौं,२३ भदौ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सँगै ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्