Techie IT
१२ असार २०७९, आईतबार

बिकासको नाममा पौराणिक संरचना नष्ट नगर्न खोकना / वुङ्मतीवासीको ध्यानाकर्षण-पत्र


काठमाडौं, भदौ २३

सरकारले ठूला परियोजनाकासाथ अगाडी वढाएका बिकास निर्माणका कार्यले स्थानिय पौराणिक ,धार्मिक,साँस्कृतिक सम्पदा नष्ट हुने  हुँदा यसप्रकारका कार्यहरु तत्काल रोकेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्न खोकना /वुङमतीबासीद्धारा गठित जनसरोकार समितिले सरकारसँग माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मिति २०७७ भदौ २३ गते वुझाएको ज्ञापन पत्रमा विकासको नाममा गरिन लागेको बिनासले यस क्षेत्रको एैतिकासिक,धार्मिक र साँस्कृतिक सम्पदाको विनास गर्ने हुनाले शुरु भइसकेका यस्ता परियोजना रोकेर स्यानिय र सरकारको सौहार्दपूर्ण वातावरणमा वार्ता गरी समसयाको समाधान गर्नका लागि सहजिकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सरोकार समितिले अनुरोध पनि गरेको छ ।

ऐतिहासिक,धार्मिक र साँस्कृतिक रुपले परिचित खोकना वुङ्मती क्षेत्रमा सरकारले बाहिरी चक्रपथ,तराइ मधेश फाष्टट्र्याक,बागमति करिडोर,स्मार्टसिटी,पेट्रोलियम भण्डार, काठमाडौं रेल्वे लगायतका परियोजनाहरु परेका छन् । यी सवै परियोजना शुरु हुँदाका अवधिमा यस क्षेत्रका वासिन्दा बिस्थापित हुने अवस्था आउँछ ।

यसै कारणले पनि काठमाडौंको मुख्य साँस्कृतिक पहिचान बोकेको यो स्थानलाई जोगाउदै बिकास निर्माणको कार्य अगाडी बढाउन पनि सरोकार समितिले अनुरोध गरेको छ ।उक्त ध्यानाकर्षण पत्रमा खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोल र वुङमती जनसरोकार समितिका अधयक्ष अष्टवहादर मर्जजनको हस्ताक्षर रहेको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्