Techie IT
१२ असार २०७९, आईतबार

कोरोनाको हटस्पट काठमाडौं महानगरमा कहाँ कति संक्रमित ?


काठमाडौं,भदौ २३

पछिल्लो समयमा काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । उपत्यकाका अरु जिल्ला भन्दा काठमाडौंमा संक्रमणको भयावह नै भएको छ । काठमाडौं जिल्लाभित्रमा पनि काठमाडौं महानगरपालिका त कोरोना संक्रमणको केन्द्रविन्दु नै बनेको छ ।

अहिले सम्म महानगरभित्र मात्रै ३ हजार ७ सय ३७ जना कोरोना संक्रमित रहेका छन् । २७ जनाको यही महानगरपापलकाभित्र मृत्यु भएको छ भने ९६० जना कोरोना मुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले लक्षण नदेखिएका संक्रमितहरुलाई घरैको आइसोलेसनमा बस्न भनेको छ । परिक्षणको दायरा अझै जति बढाउन पर्ने हो सरकारले बढाउन सकेको छैन । अझै परिक्षणको दायरा बढाउदै जाने हो भने काठमाडौंमा झन डामाडोेलको अवस्था हुने संकेत देखिन्छ । अहिले सम्म काठमाडौं महानगरभित्र कुन वडाको कुन ठाउँमा कति संक्रमित रहेका छन् त्यसको प्राप्त तथ्याङ्क तल दिइएको छ ;-
वडा न १ नक्साल ९७
वडा न २ लाजिम्पाट २८
वडा न ३ महारागञ्ज २२९
वडा न ४ धुम्वाराही ११३
वडा न ५ हाँडीगाउँ ६६
वडा न ६ बौद्ध ५४
वडा न ७ मित्रपार्क ११८
वडा न ८ जयवागेश्वरी ७६
वडा न ९ गौशाला ६४
वडा न १० बानेश्बर ११५
वडा न ११ त्रिपुरेश्वर १८७
वडा न १२ टेकु ४९
वडा न १३ कालिमाटी १७१
वडा न १४ कलंकी१७२
वडा न १५ स्वायम्भु २९९
वडा न १६ बालाजु २१
वडा न १७ खुसीबुँ २५९
वडा न १८ नरदेवी ५३
वडा न १९ कंकेश्वरी १५
वडा न २० भीमसेनस्थान १८
वडा न २१ लगन २५
वडा न २२ संकटा १९
वडा न २३ ओमबहाल २२
वडा न २४ मखन २१
वडा न २५ नःघल ४५
वडा न २६ लैनचौर १११
वडा न २७ इनबहाल १८३
वडा न २८बागवजार १३०
वडा न २९ डिल्लीबजार ८८
वडा न ३० ज्ञानेश्वर ४५
वडा न ३१ शान्तिनगर ८०
वडा न ३२ कोटेश्वर २४०
अन्य ५२०


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्