Techie IT
१० कात्तिक २०७८, बुधबार

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु


चितवन । खैरहनी नगरपालिका-२ स्थित अनमोल इँटा उद्योगभित्र रोकी राखेको ना.३ त. ७५१ नम्बरको ट्याक्टरमा चढी खेल्ने क्रममा गुड्न जाँदा सोही इँटा भट्टामा काम गर्ने काभ्रे घर भएका केशव परियारको छोरा ४ वर्षीय आयुस परियारको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्