Techie IT
बुधबार, मंसीर १०,२०७७

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लबबीच सम्झौता


काठमाडौं, साउन २२
लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक्ट ३२५ बी १ बीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बीएससी आईटी’, ‘बीबीएम इ–बिजनेस’, ‘एमबीए’ र ‘एमएससी आईटी’मा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरिब तथा जेहेनदार विद्यार्थीले ट्युसन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति आठ लाख ६५ हजार रुपैयाँबराबरको रहेको छ । विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्रिक्ट ३२५ बी१ गर्नेछ । सम्झौतापत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष जालानले हस्ताक्षर गरेका छन् ।

यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्रिक्ट ३२५ बी१ अन्तर्गत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यस छात्रवृत्तिले डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोक्काले प्रस्तुत गरेको नारा ‘नरचर द फ्युचर’ लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताए । उनका अनुसार, लायन्स क्लबका सदस्यले सिफारिस गरेका जो कोही योजनाबाट लाभान्वित हुन सक्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्