परीक्षण घटाएपछि उपत्यकामा देखिए कम संक्रमित !

काठमाडौं,२२भदौ ।
दैनिक जसो १२ हजार भन्दा बढीको आरडी पीसीआर टेष्ट गर्दा उपत्यकामा चारसय भन्दा बढी कोरोना संक्रमित भेटिइरहेको वेला सरकारले परीक्षण संख्या घटाउँदा उपत्यकामा संक्रमितको संख्या पनि कम आएको छ ।
सोमबार काठमाडौंमा २९३,ललितपुरमा २० र भक्तपुरमा १३ गरी उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ हजार २१८ जनाको परीक्षण गर्दा संक्रमितको संख्या पनि घटेको हो ।
यस अघि केही समय दैनिक १० हजार भन्दा बढी १३ हजार सम्मको परीक्षण हुने गरेको थियो । परीक्षणको दायरा घटाएपछि संक्रमितको संख्या पनि हजार भन्दा तल झरेर ९७५ भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्