Techie IT
बुधबार, मंसीर १०,२०७७

कृष्णपुरमा कोरोना रोक्न तीन करोड खर्च


कञ्चनपुर, साउन २२
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरिएको छ । नगरपालिकाले २ करोड ९८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ ।कृष्णपुरमा क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा ६३ लाख रुपैयाँ खर्च गरिएको छ ।

यसैगरी राहत वितरणमा ७७ लाख ८० रुपैयाँ र स्वास्थ्य सामाग्री खरिदमा ५७ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ । कृष्णपुरमा ६ हजार ८९ परिवारलाई राहत वितरण गरिएको छ, त्यहाँ ३० क्वारेन्टाइन सञ्चालन गरिएका हुन् । क्वारेन्टाइनमा बसेका वासिन्दाको खानामा एक करोड हाराहारी खर्च गरिएको छ । खानामा ९५ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणअनुसार सरसफाइमा ५१ हजार रुपैयाँ, स्वयंसेवकमा ३९ लाख रुपैयाँ खर्च गरिएको छ । नगरपालिकाले वडागत कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको खर्च पनि सार्वजनिक गरेको छ । नगरपालिकाका अनुसार वडा नम्बर १ मा ३१ लाख ५६ हजार रुपैयाँ, २ मा ३४ लाख ६५ हजार रुपैयाँ, ३ मा ९ लाख ६६ हजार रुपैयाँ, ४ मा ३३ लाख १४ हजार रुपैयाँ र ५ मा २१ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको छ ।

यसैगरी वडा नं ६ मा १४ लाख २८ हजार रुपैयाँ, ७ मा १९ लाख ५२ हजार रुपैयाँ, ८ मा १६ लाख ६९ हजार रुपैयाँ र ९ मा १० लाख १८ हजार रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरिएको छ । कञ्चनपुरमा यस अघि बेलौरी नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा गरेको खर्च सार्वजनिक गरेको थियो । बेलौरीमा दुई करोड १० लाख खर्च गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्