Techie IT
९ माघ २०७८, आईतबार

गण्डकीमा ७६ कोरोना सङ्क्रमित थप


गण्डकी, भदौ २२
गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोजविन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ , नवलपरासीपूर्वका १५ , गोरखाका १८ र तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रा.लि.मा कार्यरत १७ महिला र आठ पुरुष हुन् । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुईदुई स्टाफ नर्स र सहयोगी हुन् । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले राससलाई जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्