Techie IT
८ असार २०७८, मंगलबार

सामाजिक अभियन्ता तारा वरालले आफूलाई राष्ट्रियसभामा सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग


काठमाडौं,भदौ २२

सामाजिक अभियन्ता तारा वरालले प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रियसभाको सदस्यमा आफूलाई सिफरिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरेकी छिन् ।

०७७ भदौ २१ गते दिनको २.४५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गरेको निवेदनमा आफूलाई सिफरिस गर्न माग गरेकी हुन् ।नेकपाबाट सिफरिसमा परेका नेकपाका उपाध्यक्ष वामदेव गौतम भन्दा आफू राष्ट्रियसभामा जान योग्य भएको पनि निवेदनमा वरालले दर्शाएकी छिन् ।

 

केही समय अघि बसेको नेकपाको सचिवालय वैठकले उपाध्यक्ष गौतमलाई रागिट्रयसभामा पठाउने निर्णय गरेको थियो । त्यसपछि सामाजिक सञ्जालमा तरङग फैलिएपछि वरालले आफू उक्त पदमा जान योग्य भएको दावी गर्दै उक्त निवेदन दिएकी हुन् । अव हेरौ उनको राष्ट्रियसभामा जाने चाहाना कति पुरा हन्छ त्यसको लेखा जोखा त समयले नै बताउनेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्