Techie IT
१० असार २०७८, बिहीबार

पाल्पा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द


पाल्पा,  भदौ २२
एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा हाल बन्द गरेको निमित्त मेडिकल सुपरटेण्डेण्ट डा. जगदीश कुँवरले राससलाई जानकारी दिए ।

सो बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटेभि आएपछि मात्रै अस्पतालको सेवा सञ्चालन गरिने उनले बताएका छन् । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ की ८२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्