Techie IT
बुधबार, असोज १४,२०७७

कुनै पनि वेला नेकपा फुट्ने संकेत !


काठमाडौं,साउन २३
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगभग फुट्ने संकेत देखिएको छ । बुधबार दिउँसो प्रेसिडेन्ट कलेज विलुली बजारमा नेकपाका पाँच जना नेताले आफ्नो पक्षका झण्डै सत्तरी जना पत्रकारहरुलाई भेला गराएर अफदि रेकर्ड भन्दै पार्टी फुटको संधारमा पुगेको संकेत गरेका हुन् ।

पत्रकारहरुलाई नेकपाको दोस्रो हैसियतका अध्यक्ष प्रचण्ड,वरिष्ट नेता माधव नेपाल,झलनाथ खनाल नारायणकाजी श्रेष्ठ र पम्पा भुषालले उक्त कार्यक्रमलाई संवोधन गरेका थिए ।

उनीहरुले कुनै पनि वेला पाटी विभाजन हुन सक्ने संकेत गरेका थिए । उक्त गोप्य व्रिफिङ अघि प्रचण्डले भारतीय दूतवास सँगको संपर्क सूत्रको रुपमा कार्य गदै आएका नेता मात्रृका यादवसँग खुमलटारमा दुई घण्टा लामो परामर्श गरेका थिए ।

पत्रकारहरुलाई अफ दि रेकर्ड भन्दै गरिएको गोप्य व्रिफिङ पछि खुमलटारमा प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ वीच साँझ ६ वजेदेखि अढाई घण्टा समीक्षा वैठक बसेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्