Techie IT
९ माघ २०७८, आईतबार

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण, ४७ हजार २३६ पुगे संक्रमित !


काठमाडौं,२२ भदौ ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप ९७९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै हालसम्म संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ।

विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने महिलामा काठमाडौँका ३ जना रहेका छन् । ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३ सय पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्